• सोमबार, भाद्र १ २०८३

राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो : प्रचण्ड


मंगलबार, मंसिर १३ २०७९
695
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन्।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए ।

“राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ”, उनले भने ।, “राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्नुपर्छ ।”

अध्यक्ष दाहालले आफूलाई गोरखाली जनताले दिएको विश्वास र जिम्मेवारी पूरा गर्ने सङ्कल्प गर्नुभयो । उनले आगामी पाँच वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकास गर्ने दाबी समेत गरे ।

“गोरखामा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र खाद्य सम्प्रभुता, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ”, उनले भने, “ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त छु ।”

अध्यक्ष दाहालले गोरखाली जनसमुदायको सद्भावले सकारात्मक ऊर्जासहित काम गर्न आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताए । न्युज २४

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार