• शनिबार, साउन ९ २०८३

समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा


आइतबार, मंसिर ११ २०७९
1K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख १६ हजार ३१९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । 

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार ९५६ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६९ हजार ३४२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २७ हजार ९७६ मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ८११ र मत पाएको छ । छैटौं स्थानमा जनता समाजवादी पार्टी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार