• शुक्रबार, साउन ८ २०८३

विश्वकप फुटबल : अर्जेन्टिनाद्वारा मक्सिको २-० ले पराजित


आइतबार, मंसिर ११ २०७९
1.2K
Shares

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

कतारको लुसैल रंगशालामा शनिबार मेसीले ६३ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । मेसीले डी – बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । यो गोलसँगै मेसीले विश्वकपमा म्याराडोनाले गरेको गोलसँग बराबरी गरेका छन् ।

मेसीले विश्वकपमा म्याराडोनाले गरेको ८ गोलसँग बराबरी गरेका हुन् । भने, खेलको ८७औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार