• मंगलबार, साउन १२ २०८३

निर्वाचित भएकाे प्रमाणपत्र बुझ्दै गोरखा १ का साँसदले भने: ‘जनताकाे भराेसा मर्न दिन्नाै’


शुक्रबार, मंसिर ९ २०७९
940
Shares

गोरखा । गत आइतबार सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकाे मतगणना सकिएसंगै गोरखा क्षेत्र नम्बर १ मा निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ ।

बिहिबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गोरखाले क्षेत्र नम्बर १ का साँसदहरुलाई निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेकाे हाे ।

जसमा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित राजेन्द्र बजगाई, प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद धिताल र प्रदेश सभा २ का नेपाली काँग्रेसका नन्दप्रसाद न्याैपानेलाई मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले निर्वाचित भएकाे प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमपछि सिभिलखबरसंगकाे कुराकानी नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बजगाईले जनताले दिएकाे एक एक मतकाे कदर हुने गरी काम गर्ने बताएका छन् ।

चुनाव प्रचारका क्रममा जनताका घरघरमा गएर गरिएका प्रतिवद्धतालाई पूरा गर्न आफु प्रतिवद्ध रहेकाे र आफ्नाे क्षेत्रसहित समग्र जिल्लाकाे विकासका लागि हर तवरबाट पहलकदमी र नेतृत्व लिने बताए ।

बुढिगण्डकी जलविधुत आयाेजना, बेनिघाट आरुघाट लार्के सडक लगायत राष्ट्रिय गाैरबकाे आयाेजनालाई छिटाे लाई अघि बढाउन साथै उत्तरी क्षेत्रमा तिब्बतसंगका सिमानाका नाका खुलाउन पहल गर्ने गर्ने काम आफ्नाे प्राथमिकतामा रहेकाे बजगाईकाे भनाई छ । त्यससंगै मनासलु क्षेत्रमा निर्वाध पर्यटक आउन सक्ने बातावरण बनाउन समेत आफ्नाे पहल रहेकाे उनले बताए ।

त्यस्तै गोरखा १ काे प्रदेश १ मा निर्वाचित धितालले गोरखाकाे विकासका लागि जनताले सहि नेतृत्व चुनेकाले सबै पक्षसंग समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।

यसैगरी क्षेत्र नम्बर १ कै प्रदेश सभा २ का साँसद न्याैपानेले उत्तरी गोरखाकाे कष्टकर जिवनलाई सहज बनाउन र तल्लाे क्षेत्रमा पूर्वाधार निर्माणमा आफ्नाे भुमिका रहने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार