• मंगलबार, साउन १२ २०८३

प्रचण्डसहित माओबादीले हालसम्म जित्यो ९ सिट, को कहाँबाट ?


बिहिबार, मंसिर ८ २०७९
660
Shares

सुदिप श्रेष्ठ

गाेरखा । हालसम्मको मतगणना अनुसार नेकपा माओबादी केन्द्रले गोरखा २ मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित ९ स्थानमा जित हासिल गरेको छ ।

बेलुकी ६ बजे सम्मको मत गणना अनुसार प्रतिनिधिसभा तर्फ नेकपा माओबादीले ९ क्षेत्रमा जित हासिल गरेको हो ।

माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट जित हासिल गरेको छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई पराजित गरेका हुन् । प्रचण्डले २६ हजार १ सय १ मत ल्याउँदा बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत मात्र ल्याए ।

बागलुङ २ मा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । उनले एमालेकी मञ्जु चालिसेलाई पराजित गरे । पौडेलले २४ हजार ७ सय ७९ मत ल्याउँदा चालिसेले २० हजार १८० मत ल्याए ।

खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले जित हासिल गरेका छन् । उनले एमाले उम्मेदवार बिशाल भट्टराईलाई पराजित गरे । पासाङले ३१ हजार ३५१ मत ल्याउँदा गौतमले २८ हजार ६८२ मत ल्याए ।

त्यस्तै, सिन्धुपाल्चोक १ मा पनि नेकपा माओवादीकै माधव सापकोटाले जित हासिल गरेका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाल लाइ पराजित गरे । सापकोटाले ३० हजार तीन सय ७४ मत ल्याउँदा नेपालले २७ हजार २० मत ल्याए ।

त्यस्तै, सिन्धुली २ मा नेकपा माओवादी केन्द्रकै उम्मेदवार लेखनाथ दाहाल (राजन) ले जित हासिल गरेका छन् । उनले एमालेका उम्मेदवार मनोजजङ्ग थापालाइ पराजित गरे । दाहालले २७ हजार पाँच सय १७ मत ल्याउँदा थापाले २१ हजार छ सय ८७ मत ल्याए ।

जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले जित हासिल गरेका छन् । उनले नेकपा एमालेका निरज आचार्यलाई पराजित गरे । बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याउँदा आचार्यले २५ हजार १ सय २० मत ल्याए ।

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले जित हासिल गरेका छन् । उनले नेपाली काँग्रेसका अमर सिंह पुनलाई पराजित गरे । पुनले ४० हजार ६ सय ४७ मत ल्याउँदा अमर सिंहले १९ हजार ९ सय ६ मत मत ल्याए ।

बागलुङ क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले जित हासिल गरेका छन् । पौडेलले नेकपा (एमाले)की मञ्जु चालिसेले पराजित गरे । पौडेलले २५ हजार ७ सय ७९ मत ल्याउँदा २० हजार १ सय ८० मत ल्याएकी छिन्।

रुकुम पूर्वमा माओवादीकै पूर्ण बहादुर घर्ति मगरले जित हासिल गरेका छन् । उनले नकपा एमालेका कैलाश कुमार मल्ललाई पराजित गरे । मगरलेले १२ हजार २६२मत ल्याउँदा मल्लले ५ हजार २११ मत ल्याए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार