• मंगलबार, साउन १२ २०८३

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी भन्दा अगाडी


बिहिबार, मंसिर ८ २०७९
895
Shares

गाेरखा । समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ।

रबि लामिछाने नेतृत्वमा चुनाव अघि मात्र गठन भएको स्वतन्त्र पार्टीले यसअघि संसद्‌मा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रलाई निरन्तर पछि पारिरहेको छ।

बिहीबार दिउँसो ३ : ३० बजेसम्मकाे प्रारम्भिक मतगणना परिणाममा नेकपा एमाले पहिलो र नेपाली कांग्रेसले दोस्रो बढी मत पाएका छन्।

एमाले र कांग्रेसबीच ३१ हजार भन्दा बढि मतान्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसभन्दा साढे २ लाख बढी मत अन्तरले पछि छ भने माओवादी भन्दा ३० हजार ७ सय ८८ मतान्तरले अघि छ।

माओवादी पछि राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा देखिएको छ। राप्रपा चाहिँ स्वतन्त्र पार्टीभन्दा १ लाख ३८ हजार ६ सय ७३ मतले पछि परेको छ।

छैटौँ स्थानमा जनता समाजवादी पार्टी सातौ स्थानमा नेपाल मजदुर किसान पार्टी आठौं स्थानमा जनमत पार्टी छ भने नागरीक उन्मुत्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी क्रमशः नवौँ र दशौँ स्थानमा छन्।

प्रदेशसभातर्फ भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार