• मंगलबार, साउन १२ २०८३

गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित, दाेस्राेमा कबिन्द्र आउदा अब्दुस तेस्राेमा पुगे


बिहिबार, मंसिर ८ २०७९
1.4K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

साेमबार साँझ ७ बजेदेखि सुरु भएकाे मतगणना बिहिबार बिहान सकिएकाे हाे । जसमा माओवादीका दाहाल १३ हजार ४ सय ६५ मतान्तर बनाउदै निर्वाचित बनेका हुन् । ५३ हजार ९ सय ७८ मत खसेकाे गोरखा २ मा दाहालले २६ हजार १ सय १ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकाेटीले १२ हजार ६ सय ३६ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत ल्याउदै तेस्राे भए ।

साेही क्षेत्रमा उम्मेदवार बनेका १ सय बर्ष उमेरका टिकादत्त पाेखरेलले १ सय २४ मत प्राप्त गरेका छन् । उनि नेपाली काँग्रेस विपीका तर्फबाट उम्मेदवार बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार