• मंगलबार, साउन १२ २०८३

प्रदेशकाे बदला संघमा: गोरखा १ मा एमालेका बस्नेतलाई हराउँदै काँग्रेसका बजगाई निर्वाचित


बुधबार, मंसिर ७ २०७९
1.1K
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई विजयी बनेका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बजगाईले नेकपा एमाले रामशरण बस्नेतलाई फराकिलाे मतान्तरसहित पराजित गरेका गरेका हुन् ।

आइतबार सम्पन्न निर्वाचनकाे आज बुधबार राती १० बजे मतगणना सकिएकाे थियाे । जसमा काँग्रेसका बजगाईले एमालेका बस्नेतलाई दाेब्बर मतले हराएका हुन् ।

बजगाईकाे ३३ हजार ४ सय २८ मत आउदा बस्नेत १६ हजार ७ सय ८५ मतमा राेकिएका थिए । उनिहरुवीचकाे मतान्तर १६ हजार ६ सय ४३ हुन आउछ ।

२०७४ सालमा भएकाे प्रदेश सभामा निर्वाचनमा नेकपा माओवादी केन्द्रकाे समर्थनमा उम्मेदवार बनेका एमालेका बस्नेतले बजगाईलाई पराजित गरेका थिए ।

तर बजगाईले प्रदेशमा ब्यहाेरेकाे हारलाई पाँच बर्षपछि प्रतिनिधी सभा सदस्यकाे निर्वाचनमार्फत जित निकाल्दै बदला लिएका छन् ।

६० हजार ६ सय ३१ मत खसेकाे गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहले ४ हजार ८ सय ९२ मत ल्याएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार