माेहसिन अलि मियाँ
गोरखा । दुई निर्वाचन क्षेत्र रहेकाे गोरखाका चार वटै प्रदेश सभामा लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
साेमबारदेखि सुरु भएकाे मतगणना अन्तरगत गोरखाका ४ वटै प्रदेशकाे अन्तिम नतिजा आउदा सबैमा फराकिलाे मतान्तरसहित गठबन्धनका उम्मेदवार निर्वाचित बनेका हुन् ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमाेर्चा रहेपनि गोरखामा काँग्रेस र माओवादीका मात्रै उम्मेदवार बनेका थिए । जसमा नेपाली काँग्रेसले २ सिट र नेकपा माओवादीले २ जिटमा जित हासिल गरेका हुन् ।
गोरखा १ काे प्रदेश सभा १ का माओवादीका कृष्ण धिताल विजयी

जसअनुसार गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा १ मा माओवादीका कृष्ण धिताल निर्वाचित बनेका छन् ।
धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् । विजयी भएका धितालले १५ हजार चार सय ५७ मत प्राप्त गर्दा पराजित भएका थापाले ९ हजार ८ सय २२ मत प्राप्त गरे ।
यस प्रदेशमा ३० हजार ७ सय ४६ मत खसेकाे थियाे जसमा १ हजार २ सय ६ मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गोरखाले सिभिलखबरलाई जानकारी दिएकाे छ ।
गोरखा १ काे प्रदेश सभा २ मा नेपाली काँग्रेसका नन्द प्रसाद न्याैपाने निर्वाचित

गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार नन्द प्रसाद न्याैपाने विजयी बनेका छन् ।
काँग्रेस गोरखाका सभापति समेत रहेका न्याैपानेले नेकपा एमालेका माेहन भट्टराईलाई ८ हजार ७ सय २८ मतान्तरले हराउदै विजयी बनेका हुन् ।
२९ हजार ६ सय ८६ मत खसेकाे यस प्रदेशमा न्याैपानेले १६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् भने एमालेका भट्टराईकाे ७ हजार ५ सय ३३ मत आएकाे छ ।
साेही प्रदेशबाट स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पराजुलीकाे ३ हजार ५ सय ८८ मत आएकाे छ ।
गोरखा २ काे (१) मा नेसपाका फणिन्द्र देवकाेटा विजयी

गोरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकाेटा विजयी बनेका छन् ।
लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकाेटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् ।
देवकाेटाले १२ हजार ४ सय ११ मत ल्याउदा उनका एमालेका रानाकाे ५ हजार ४ सय १० मत आएकाे छ ।
गोरखा २ (ख) बाट फराकिलाे मतान्तरसहित पाण्डे निर्वाचित

गाेरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी बनेका छन् ।
लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका बसन्त गुरुङलाई फराकिलाे मतान्तरसहित पराजित गरेका हुन् ।
२७ हजार ३ सय २७ मत खसेकाे साे प्रदेश सभामा काँग्रेसका पाण्डेलाई १६ हजार ८ सय ८२ मत प्राप्त भएकाे छ ।
उनका निकटतम प्रतस्पर्धी एमालेका गुरुङलाई ५ हजार ३ सय ६० मत प्राप्त भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । पाण्डे र गुरुङवीच ११ हजार ५ सय २२ मतान्तर भएकाे छ ।