• मंगलबार, साउन १२ २०८३

चुनावी नतिजाले माओवादीमा हलचल


बुधबार, मंसिर ७ २०७९
620
Shares

आम निर्वाचनमा प्राप्त नजिताले माओवादी केन्द्रमा हलचल देखिएको छ । नतिजा सोचेजस्तो नआएको र गठबन्धन भएपनि आफ्नो उम्मेदवारलाई मत नआएको प्रारम्भिक प्रतिक्रियाका क्रममा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देशहरू दिएको भन्दै यसका कारण विश्लेषण र संश्लेषण हुनुपर्नेमा जोड दिएका छन् । उनले यसबारे धेरै बोल्न नचाहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै आँधीबेहरीहरु तपाईँको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।’  यही बुद्ध शिक्षाको महत्वपूर्ण अंशलाई मनन गरिनुपर्ने उनको भनाइ छ । 

यसैगरी माओवादी केन्द्रका अर्का नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले माओवादीलाई मत नआउनुमा कांग्रेसका केही नेताहरुलाई दोष दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना ।’   

उनले माओवादीले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन् ।  प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गरेको माओवादी केन्द्रको कमजोर नतिजा देखिएको भन्दै टीकाटिप्पणी भइरहेको बेला पार्टीभित्र पनि तरंग उत्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार