• मंगलबार, साउन १२ २०८३

कास्कीमा गणना भइरहेका सबै क्षेत्रमा नेकपा एमाले अगाडि


बुधबार, मंसिर ७ २०७९
605
Shares

कास्कीकाे सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि भएका छन् । सुरूबाटै दाेस्राे स्थानमा रहेकी क्षेत्र नम्बर २ की एमाले उम्मेदवार विद्या भट्टराईले अग्रता कायम राखेपछि कास्कीमा सबै क्षेत्रमा एमाले अगाडि पुगेकाे हाे ।

पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८८ ल्याएर अग्रता कायम गरेकी हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९४ मत पाएका छन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले २ हजार ९ सय ५४  मत पाएका छन् । घण्टी चिन्हले सुरूदेखि नै अग्रता लिएकाे थियाे ।

यस्ताे छ पछिल्लाे मत परिणामः 

कास्की १:

नेकपा एमाले, मनबहादुर गुरुङ – ५,८०६

नेपाली काँग्रेस, किशोरदत्त बराल – ५,०५२

कास्की १ (ख)

नेकपा एमाले, बेदबहादुर गुरुङ – ६,०११

नेपाली काँग्रेस, दिपक गुरुङ माइला – ५,३७५

कास्की २:

नेकपा एमाले, विद्या भट्टराई ५,५८८

राष्ट्रिय स्वतन्त्र पार्टी, माधव प्रसाद कँडेल – ५,१९४

एकीकृत समाजवादी, श्रीनाथ बराल – २,९५४

कास्की २ (क):

नेकपा एमाले, भिम कार्की – ६,३९७

राप्रपा, विजय बहादुर भण्डारी – ५,०५२

माओवादी, विश्वप्रकाश लामिछाने – ३,१९६

कास्की ३:

नेकपा एमाले, दामोदार पौडेल बैरागी – ७,५२०

राष्ट्रिय स्वतन्त्र पार्टी, योगराज पौडेल – ५,८०५

माओवादी, रामजीप्रसाद बराल जीवन – ५,४३६

कास्की ३ (क) :

नेकपा एमाले, गणेशमान गुरुङ – ८,७४०

नेकपा माओवादी, दुर्गादत्त भण्डारी – ५,३९२

राप्रपा, केदारनाथ पौडेल – २,१४७

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार