• सोमबार, भाद्र १ २०८३

समानुपातिकमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो


बुधबार, मंसिर ७ २०७९
785
Shares

प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ।

८ लाख १ हजार ८ सय ९३ सदर मतमध्ये एमालेले २२९७६२ (२८.७ प्रतिशत) मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसले २०७२४५ (२५.८ प्रतिशत) मत पाएको छ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ। घन्टी चिन्ह भएको उक्त पार्टीले १०५८७७ मत अर्थात् (१३ंं.२ प्रतिशत) मत पाएको छ।

चौथो स्थानमा रहेको माओवादीले ९५१६२ मत (११ं.९ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५४५४९मत (६.८ प्रतिशत) मत पाएको छ। अन्य दलहरूले १०९२९८ मत (१३.६ प्रतिशत) मत पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार