• शुक्रबार, भाद्र २६ २०८३

झापा-१ मा विश्वप्रकाश शर्माको जित निश्चित


बुधबार, मंसिर ७ २०७९
640
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुने प्रायः निश्चित भएको छ।

६५ हजार ५१० मतपत्र गणना गर्दा महामन्त्री शर्मा नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलभन्दा ११ हजार ९९७ मतले अगाडि छन्।

अब १६ हजार २५४ मतपत्र मात्र गणना गर्न बाँकी रहेको छ।

सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ। 

शर्माले ३२ हजार ३५० मत पाउँदा खरेलले २० हजार ३५३ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भन्डारी (घन्टी) ले ६ हजार ३०२ मत पाएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार