• मंगलबार, साउन १२ २०८३

भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएका पाण्डे गोरखा २ (ख) बाट फराकिलाे मतान्तरसहित विजयी


बुधबार, मंसिर ७ २०७९
1.1K
Shares

गोरखा । गाेरखा क्षेत्र नम्बर २ काे प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी बनेका छन् ।

लाेकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका बसन्त गुरुङलाई फराकिलाे मतान्तरसहित पराजित गरेका हुन् ।

२७ हजार ३ सय २७ मत खसेकाे साे प्रदेश सभामा काँग्रेसका पाण्डेलाई १६ हजार ८ सय ८२ मत प्राप्त भएकाे छ । उनका निकटतम प्रतस्पर्धी एमालेका गुरुङलाई ५ हजार ३ सय ६० मत प्राप्त भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

पाण्डे र गुरुङवीच ११ हजार ५ सय २२ मतान्तर भएकाे छ । साे प्रदेशमा मतगणना सकिएपनि घाेषणा भने हुन बाँकी रहेकाे बताइएकाे छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य रहेका पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसले अघि सारेकाे छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत उनलाई नै मुख्यमन्त्री बनाउनुपर्ने बताउदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार