• मंगलबार, साउन १२ २०८३

गोरखा अपडेट: क्षेत्र नम्बर १ मा बजगाई र २ मा प्रचण्डकाे फराकिलाे अग्रता


मंगलबार, मंसिर ६ २०७९
1.2K
Shares

गोरखा । दुई प्रतिनिनधी र ४ प्रदेश सभा रहेकाे गोरखाकाे सबै स्थानमा लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म भएकाे मतगणना अनुसार गोरखा १ मा नेपाली काँग्रेसका राजेन्द्र बजगाईले फराकिलाे मतान्तर बनाएर अग्रता लिइरहेका छन् । गोरखा १ मा ८ हजार ३ सय २६ मत गणना हुदा बजगाईले ५ हजार ३ सय ७५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले रामशरण बस्नेतकाे १ जहार ८ सय ५७ मत छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण राेकायले ३ सय ६४ मत प्राप्त गरेका छन् । हालसम्म बजगाई र बस्नेतकाे मतान्तर ३ हजार ५ सय १८ रहेकाे छ ।

यसै क्षेत्रकाे प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र प्रदेश २ मा काँग्रेसका नन्द प्रसाद न्याैपानेले अग्रता लिइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गोरखाले जनाएकाे छ ।

त्यस्तै गोरखा २ मा समेत गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलाे मतान्तर बताउदै अग्रता कायम राखेका छन् ।

हालसम्मकाे मतपरिणाम अनुसार प्रचण्डले ९ हजार ५ सय २६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकाेटीले ३ हजार ३८ मत ल्याएका छन् । प्रचण्ड र बुर्लाकोटीकाे मतान्तर ६ हजार ४ सय ८८ रहेकाे छ ।

त्यस्तै साेही क्षेत्रमा नेकपा एमालेका अब्दुस मियाँकाे २ हजार ९८ मत आएकाे छ । साेही क्षेत्रकाे प्रदेश १ मा गठबन्धनकै उम्मेदवार बनेका नेसपाका फणिन्द्र देवकाेटा र प्रदेश २ का काँग्रेसका सुरेन्द्रराज पाण्डेले अग्रता लिइरहेका छन् ।

हाल मतगणना जारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार