चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ५१२८ मत पाएका छन् । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४१६६ मतसहित दोस्रो स्थानमा हुँदा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन् ।