• शुक्रबार, भाद्र २६ २०८३

तनहुँ १ मा एमालेका एकबहादुरले रामचन्द्रलाई १३२ मतले पछि पारे


मंगलबार, मंसिर ६ २०७९
685
Shares

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछि परेका छन्।

सुरुदेखि नै अग्रता बनाइरहेका उनी पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका एकबहादुर रानासँग १३२ मतले पछि परेका हुन्। 

जारी मतणनाका क्रममा अग्रता बनाएका रानाले ३३ सय ४२ मत ल्याएका छन्। उता दोस्रो स्थानमा धकेलिएका पौडेलले ३२ सय १० मत ल्याएका छन्। 

कुल ९ हजार ७५६ मत गणना हुँदा रानाले रामचन्द्रलाई उछिनेका हुन्। 

अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १२ सय ९० मत ल्याएका छन्। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले ५२२ मत ल्याएका छन्। 

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए। जसमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ। यो ५४ दशमलव ३६ प्रतिशत हो। तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार