चितवन क्षेत्र नम्बर- २ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
यसअघि निरन्तरजसो तेस्रोमा रहेका लामिछाने पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा १२८ मतले अघि छन् ।
लामिछानेले ४ हजार ७ मत ल्याई अग्रता कायम गरेका छन् भने दोस्रोमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ४ सय १० मतका साथ तेस्रो स्थानमा छन् ।


