गोरखा । आफ्ना विद्यार्थी नेतामाथी प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ गोरखाले भत्सर्ना गरेको छ ।
दिर्घ रोगीलाई औषधी लिन आँबुखैरेनी गएका नेबिसंघका गोरखा नगर अध्यक्ष सुमन पन्त माथि प्रहरीले मझुवा देउरालीमा दुर्व्यवहार गरेको भन्दै संघले विज्ञप्ती मार्फत निन्दा गरेको छ ।
स्थानीय दिर्घरोगीलाई औषधी लिन र अत्यावश्यक घरायसी खाद्यन्न लिएर तनहुँको आँबुखैरनीबाट घर फर्कदै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भौतिक तथा मानसिक दुर्व्यवहार गरेको नेबिसघं गोरखाले आरोप छ ।
सोही क्रममा त्यहाँ रहेका प्रहरीले नेपाली काँग्रेसका केन्द्रिय सभापती शेरबहादुर देउवाको मानमर्दन समेत गरेको भन्दै नेबिसंघ गोरखाले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
जिल्ला सभापती सुबास अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ ।
अत्यावस्यक कामका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सर्बसाधरण र ब्यापारी वर्गलाई प्रदान गरिदै आएको पास पनि प्रभावकारी र पारदर्शी वितरण नभएको, पहुँचवालाले मात्र पाएको नेबिसंघले आरोप लगाएको छ ।
इपास प्रभावकारी भएपनि झण्झटिलो भएकाले सर्वसाधरणको पहुँचमा नरहेको भन्दै सहज बनाउन प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।
हेर्नुस विज्ञप्ती
