गोरखा। गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे फराकिलाे अग्रता कायम रहेकाे छ ।
दिउँसाे साडे १ बजेसम्म १२ हजार २ सय १७ मत गणना गर्दा प्रचण्डकाे पक्षमा ७ हजार ५७ मत आएकाे छ ।
त्यस्तै दाेस्राेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीकाे १ हजार ९ सय २९ मत आउदा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार ६ सय ७६ ल्याएका छन् ।