गोरखा । हिजाे आइतबार सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचन अन्तरगत गोरखामा आज साेमबार बेलुकादेखि मतगणना हुने भएकाे छ ।
गोरखा २ मा रहेका १ सय ४६ मदान केन्द्रबाटै मतपेटिका हिजाे राती नै आइपुगेपनि मतगणना भने सुरु हुन सकेकाे थिएन । साे क्षेत्रमा सर्वदलिय बैठक हुन नसक्दा मतगणना राेकिएकाे थियाे ।
तर साेमबार दिउँसाे भएकाे सर्वदलिय बैठकले बेलुका साडे ५ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले सिभिलखबरलाई बताए ।
साे क्षेत्रकाे मतगणनाकाे तयारी भइरहेकाे उनले बताए । उनका अनुसार मतगणना गर्न कुनै विवाद छैन ।
यता गोरखा १ मा भने चुमनुब्री गाउँपालिकाकाे मतपेटिका नआइपुगेका कारण गणना सुरु नभएकाे मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए ।
बिहानदेखि नेपाली सेनाकाे हेलिकाेप्टरले चुमनुब्रीका २२ मतदान केन्द्रका मतपेटिकालाई तिन पटक गरेर गोरखा सदरमुकाम ल्याएकाे र आजै बेलुका सर्वदलिय बैठकपश्चात मतगणना सुरु हुने बताइएकाे छ ।