• शुक्रबार, भाद्र २६ २०८३

गोरखाका दुवै क्षेत्रमा एमालेद्धारा पुन: मतदानकाे माग


सोमबार, मंसिर ५ २०७९
885
Shares

गोरखा । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले दुवै क्षेत्रका केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको छ ।

आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले लाेकतान्त्रिक बाम गठबन्धनबाट गोरखा–१ र २ का केही केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्नेजस्ता अवाञ्छित कृयाकलाप भएको भन्दै पुन मतदानकाे माग गरेकाे हाे ।

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, गोरखा–२ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकुमा निर्वाचन विरोधी क्रियाकलाप भएको नेकपा एमालेले जनाएको छ ।

उत्त मतदान केन्द्रमा भएका घटनाको निष्पक्ष छानबिन गरी पुन: निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार