• मंगलबार, साउन १२ २०८३

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आज, मतदान हुँदै


आइतबार, मंसिर ४ २०७९
800
Shares

गोरखा । आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गरेकाे हाे।

आगामी पाँच वर्षका लागि सङ्घ र प्रदेशमा नेतृत्व चयनका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउनेछन्। आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फ आज एकसाथ मतदान गर्दैछ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन्।

यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्।

यता गाेरखामा ३ सय १७ मतदान केन्द्र र २ सय २२ मतदान स्थलबाट नागरिकले मत खसाल्दैछन् । २ लाख २० हजार मतदाता रहेकाे गोरखामा मतदान सुरु भएकाे छ ।

निर्वाचनका लागि ३ सय १७ केन्द्रमा गरि २ हजार ५ सय कर्मचारी खटाइएकाे मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । त्यस्तै सुरक्षा ब्यवस्थापनलाई समेत चुस्त बनाउन तिन घेरामा सुरक्षाकर्मी खटाइएकाे बताइएकाे छ ।

जसमा १ हजार ५९ जना नेपाल प्रहरी, १ हजार ९ सय ४९ जना म्यादी प्रहरीसहित शसस्त्र र नेपाली सेना गरी ३ हजार ७ सय ५९ जना सुरक्षाकर्मी खटिएकाे गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।

सुरक्षाकर्मी हरेक मतदानस्थलमा ५ जना नेपाल प्रहरीसहित म्यादी, हरेक केन्द्रमा ७ जना नेपाल प्रहरीसहित म्यादीकाे टाेली खटाइएकाे छ । नेपाली सेना भने ७६ स्थानमा र २० स्थानमा शसस्त्र प्रहरी खटिएकाे बताइएकाे छ ।

सेना र शसस्त्रकाे टाेली भने तस्राे घेरामा रहने गरी सुरक्षा संरचना तयार गरिएकाे छ । आवस्यक परेकाे खण्डमा हरेक मतदान केन्द्रमा १० मिनेटभित्र नेपाली सेनाकाे टाेली पुग्ने गरी सुरक्षा ब्यवस्थापन मिलाइएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार