• मंगलबार, साउन १२ २०८३

आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक खटिने


शुक्रबार, मंसिर २ २०७९
550
Shares

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन्। पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति लिएका छन्।

पर्यवेक्षकले प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने छन्। त्यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्न जनाइएको छ।

४ मंसिरमा हुने निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन्। २२ हजार २ सय २७ केन्द्रबाट मतदान केन्द्र तोकिएको छ।  प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार