• मंगलबार, साउन १२ २०८३

गण्डकीका मन्त्री दीपक मनाङे रामचन्द्र पौडेललाई मत माग्दै


बिहिबार, मंसिर १ २०७९
740
Shares

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले तनुहँमा रामचन्द्र पौडेलका लागि मत मागेका छन् ।

तनहुँ १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पौडेलका लागि मनाङेले मत मागेका हुन् । डुम्रेमा बुधबार भएको घरदैलोमा उनी पनि केही समय मत माग्दै हिँडेका थिए ।

कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मन्त्री मनाङेले केही बेर पौडेलका लागि मत मागेर हिँडेको बताए । ‘बाटोमा भेट भयो, त्यसपछि उहाँ (मनाङे) पनि मत मागेर हिँड्नुभएको हो, सहकार्य गर्ने भन्नुभएको छ’, खनालले भने ।

मन्त्री मनाङे आगामी प्रदेशसभा निर्वाचनमा पनि यसअघि नै निर्विरोध चयन भइसकेका छन् । उनले उम्मेदवारी दिएको क्षेत्र मनाङ २ मा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार