• शुक्रबार, भाद्र २६ २०८३

रवि लामिछानेलाई स्पष्टिकरण सोध्दै निर्वाचन आयोग, उजुरीमा प्रमाण पुगे उम्मेदवारी रद्द हुने


बुधबार, कार्तिक ३० २०७९
890
Shares

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

लामिछानेबिरुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।

रविबिरुद्धको उजुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ ।

आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उजुरी परेको छ ।

एक उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भने अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार