• शुक्रबार, भाद्र २६ २०८३

मतपत्रको गोपनियता भंग गरे मतपत्र गणना नहुने


बुधबार, कार्तिक ३० २०७९
750
Shares

 निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो आह्वान गरेका हुन् । उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए । ‘आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य हो । मतदाताहरुलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानून तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेका छौं,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अफ्ठयारो पर्नसक्ने खतरा रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार