• मंगलबार, साउन १२ २०८३

भोलि मध्यरातदेखि चुनाव प्रचार गर्न नपाइने


बुधबार, कार्तिक ३० २०७९
770
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार (१ मंसिर) मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिनभन्दा ७२ घन्टा अघिबाट चुनावी प्रचार गर्न नपाउने निर्णय यसअघि नै गरिसकेको छ। 

आयोगले गत कात्तिक १७ गतेदेखि चुनावी प्रचार प्रसार गर्नका लागि समय दिएको थियो। यस अवधिमा राजनीतिक दल तथा स्वतन्त्र उम्म्ेदवारहरुले जुलुस, आमसभा, कोणसभा गर्न पाउने व्यवस्था आयोगले गरेको थियो। 

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए।

मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने उनले बताए। कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत उनले बताए।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार