• मंगलबार, साउन १२ २०८३

उम्मेदवार माओवादीमा प्रवेश गरेपछि गोरखा २ को प्रदेशमा राप्रपा नेपालले एमालेलाई सघाउने


मंगलबार, कार्तिक २९ २०७९
1.3K
Shares

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाले गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने भएको छ।

पार्टीका जिल्ला अध्यक्ष कु्लबहादुर बस्नेतले शनिबार एक विज्ञप्ति निकालेर गोरखा क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा एमालेका राजु राना र ‘ख’ मा वसन्तकुमार गुरुङलाई समर्थन गर्ने निर्णय भएको बताएका छन्। 

उनले पार्टीको निर्णयअनुसार एमालेका उम्मेदवारहरुलाई सूर्य चिह्नमा मतदान गर्न पनि कार्यकर्ता र मतदातालाई अपिल गरेका छन्। दुवै प्रदेश क्षेत्रमा आफ्ना उम्मेदवार माओवादीमा प्रवेश गरेपछि राप्रपा नेपालले यो निर्णय लिएको हो।  

अध्यक्ष बस्नेतले पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै प्रदेश ‘क’का उम्मेदवार सुवोध बस्न्यात र प्रदेश ‘ख’ का उम्मेदवार सफिदिन मियाँलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको जनाएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार