• शनिबार, साउन ३० २०८३

नेकपा बैठक सकियाे, वामदेवलाई प्रतिनिधिसभामा लगिने, २५ गते स्थायी समिति


शनिबार, बैशाख २० २०७७
860
Shares

काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक बस्ने भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेकाे बताइएकाे छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए।

प्रवक्ता श्रेष्ठले बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको बताए।

बैठकले आगामी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार