• मंगलबार, साउन १२ २०८३

कुनै धर्मलाई नजिक वा टाढा राख्नु हुन्न भनेर नै देशमा धर्मनिरपेक्षता ल्यायौं: प्रचण्ड


शनिबार, कार्तिक २६ २०७९
1.3K
Shares

????????????????????????????????????

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यका लागि सबै धर्म समान रहेको बताएका छन् ।

गोरखाको पालुङटारमा नेपाल मुस्लिम संघ र मुस्लिम मुक्ति मोर्चाले संयुक्त रुपमा आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले राज्यको आँखामा कुनै धर्म नजिक वा टाढा नहुने स्पष्ट पारेका हुन् ।

‘देशमा धर्मनिरपेक्षताको आवस्यक किन पर्यो ? तपाईहरुले बुझ्न जरुरी छ’ गोरखा २ बाट प्रतिनिधी सभा उम्मेदवार समेत रहेका उनले भने ‘सबैले समान अधिकार र अवसर पाउनुपर्छ, कसैले काखा कसैले पाखाको ब्यवहार खेप्न नपरोस भनेर नै हामीले जनयुद्धका बलमा यो ब्यवस्था ल्यायौ ।’

मुस्लिम, दलित, महिला, आदीवासी जनजाती लगायत पछाडी परेकाको अवस्था फेर्न माओवादीले ठूलो योगदान गरेको बताउदै उनले जनताको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ भन्ने वहसमा आफुले ठूलै लडाई लड्नु परेको स्मरण गरे ।

शान्ति सम्झौताको आडमा नयाँ संविधानले पछाडी पारिएका समुदायको अधिकारलाई सुनिश्चित गरेको समेत उनले बताए । संवैधानिक अधिरकारसहितकाे मुस्लिम आयोगको ब्यवस्था गर्न माओवादीको महत्वपूर्ण भुमिका रहेको बताउदै अध्यक्ष प्रचण्डले अझै कबरस्तान, मदरसा, धार्मिक शिक्षा लगायतमा समस्या रहेको जिकिर गरे ।

‘हामीले साचेका सबै बिषय पूरा हुन पाएकाे छैन । यसलाई हामी स्विकार्छाै । कबरस्तानकाे लालपूर्जाकाे समस्या हाेस वा मदरसाकाे ब्यवस्थापनकाे विषय अथवा धार्मिक शिक्षालाई समकक्षी मान्यताकाे बिषय । यि सबै समस्याका बारे म जानकार छु’ अध्यक्ष प्रचण्डले भने ‘हामीले तपाईहरुकाे अधिकार प्राप्तिकाे जग बसालिसकेका छाै, बाँकी समस्या हल गर्न कानुन बनाएर अघि बढ्नुपर्ने छ । हामी गर्छाै ।’

समग्र उत्पिडित समुदायकाे अधिकार र संविधान रक्षाका लागि नै लाेकतान्त्रिक बाम गठबन्धन निर्माण भएकाे जानकारी दिदै उनले यसलाई बलियाे बनाउनु पर्नेमा जाेड दिए ।

सशुल्क विज्ञापन

केपि ‌ओलीले कटाैती गरेकाे अधिकार गठबन्धनले पुनर्स्थापना गर्याे: सत्तार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले गिरिजा प्रसाद काेइराला र प्रचण्डकाे पहलमा मुस्लिम समुदायले पाएकाे अधिकार केपी ओलीले कटाैती गरेकाे बताए ।

शान्ति सम्झाैताकाे आडमा संविधानले गरेकाे ब्यवस्था समेत कटाैती गरेर ओली सरकारले मुस्लिम लगायत उत्पिडित समुदायमाथी अपराध गरेकाे आराेप लगाए । ओली सरकारले इद, मुहम्मद जयन्ती लगायतमा मुस्लिम समुदायले पाउदै आएकाे विदा कटाैती गरेकाे प्रति उनले आक्राेश समेत पाेखे ।

गोरखा २ मा एमालेका उम्मेदवार अब्दुस मियाँप्रति लक्षित गर्दै नेता सत्तारले राजनीतिमा नातावादकाे अर्थ नहुने स्पष्ट पारे । कुनै लाेभ र वहकाउमा नपरी इमान्दारिता प्रकट गरेर प्रचण्डसहित गठबन्धनका सबै उम्मेदवारलाई मतदान गर्न गाेरखाका मुस्लिम समुदायलाई उनले आह्वान समेत गरे ।

मुस्लिम समुदायकाे हक अधिकार र राज्यका विभिन्न निकायमा अवसर सुनिश्चित गर्न प्रचण्डले यसअघिकाे खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै उनले बाँकी समस्या समाधान गर्न ध्यानाकर्षण समेत गराए ।

नेपाल मुस्लिम संघ गोरखाका अध्यक्ष जमिल मियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँ, मुस्लिम मुक्ति माेर्चाका केन्द्रिय सदस्य माेहम्मद हकिम मियाँ लगायतले बाेलेकाे माेहम्मद याकुव मियाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार