गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा राप्रपा नेपालका उम्मेदवार सफिदिन मियाँले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको बताएका छन् ।
शुक्रवार गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा उनले आफुले गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्ने बताउँदै उम्मेदवारी निस्क्रिय रहेको घोषणा गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गठबन्धनका उम्मेदवार छन् । गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभाका उम्मेदवार छन् ।
प्रदेश सभाका उम्मेदवार मियाँ उम्मेदवारी निस्क्रिय रहेको घोषणा सँगै माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल, गठबन्धनबाट प्रदेश सभा ख का उम्मेदवार पाण्डे लगायतले उक्त कार्यक्रममा संवोधन गरेका थिए ।
दाहाल बिहिवारदेखि आफ्नो क्षेत्रमा चुनावी कार्यक्रममा सहभागी छन् ।