• बुधबार, साउन १३ २०८३

गोरखामा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


बिहिबार, कार्तिक २४ २०७९
795
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गोरखा । निर्वाचन कार्यालय गोरखाले निर्वाचनमा खटिने मतदान अधिकृतहरुलाई निर्वाचन सञ्चालन सम्बन्धि तालिम दिन सुरु गरेको छ ।

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

गोरखा क्याम्पस गोरखाको सभाहलमा बुधबारदेखी सुरु भएको तालिममा गोरखामा रहेकाे मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले जानकारी दिए ।

तालिमको पहिलो दिन चुमनुब्री, धार्चे, गण्डकी र आरुघाट गाँउपालिकाका १ सय ८४ जना सहभागी भएको कोइरालाले बताए । तालिमको प्रमुख निर्वाचन अधिकारी गोरखा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले उद्घाटन गरेका थिए ।

This image has an empty alt attribute; its file name is 313439050_1855454388122841_4334065785123839730_n-1024x768.jpg

आज बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउपालिकामा तालिम दिने कार्यालयले जनाएको छ । तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

आज बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउपालिकामा तालिम दिने कार्यालयले जनाएको छ । २६ गते शहिदलखन गाउपालिका , भिमसेनथापा र गोरखा नगरपालिकाको १ देखि ७ नं वडा सम्मका कर्मचारीलाइ अभिमुखिकरण गराइने कार्यलयले जनाएको छ ।

भने अन्तिम दिन २६ गते पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको बाकि८ देखि १४ वडाका तथा जगेडा मतदान अधिकृत/जगेडा सहायक मतदान अधिकृतलाई तालिम दिने निर्बाचन कार्यालय गोरखाको तयारी छ ।

३१७ मतदान केन्द रहेको गोरखा जिल्लामा मतदान अधिकृत/सहायक मतदान अधिकृत, जगेडा मतदान अधिकृत/जगेडा सहायक मतदान अधिकृत गरी ६४८ जना कर्मचारी खटिने निर्बाचन कार्यालय गोरखाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is viber_image_2022-11-08_09-36-43-510.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार