• शुक्रबार, भाद्र २६ २०८३

मावि तहमा एक हजार १८२ जना शिक्षक सिफारिस


बुधबार, कार्तिक २३ २०७९
850
Shares

शिक्षक सेवा आयोगले माध्यमिक तहमा १ हजार १८२ जना शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाले छनोट भएका शिक्षक नियुक्तिका लागि सिफारिस गरिसकेको जानकारी दिए । आयोगको सिफारिस अनुसार शिक्षक तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस भएको उम्मेद्वारको विवरण सहित नियुक्ति तथा पदस्थापनाका लागि सबै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा पठाएको छ ।

शाखाले कात्तिक १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवं मार्गदर्शन सहितको विवरण पठाएको जनाएको छ ।

शिक्षक सेवा आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैतमा सामान्यतर्फको, असारमा विषयगत र कात्तिकमा सञ्चालन भएको अन्र्तवार्ताबाट छनोट भएका शिक्षकहरु सिफारिस भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार