• बुधबार, साउन १३ २०८३

रवि लामिछानेलाई भोट माग्दै निश्चल बस्नेत


सोमबार, कार्तिक २१ २०७९
770
Shares

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि विभिन्न क्षेत्र र पार्टीका उम्मेदवारहरुलाई कलाकारले खुलेरै भोट माग्दै हिँडेको देखिन्छ। पुराना कलाकार नीर शाह, बद्री पंगेनी हुँदै नयाँ पुस्ताका निश्चल बस्नेतसम्ममा राजनीतिक रंग देखिएको छ। 

निश्चललको हातमा हिजोआज फिल्म छैन। उनी फुर्सदमा छन्। फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा भोट हाल्न अपिल गरेर बसेका छन्। निश्चल आफूलाई नयाँ पुस्ता मान्छन्, नेता र राजनीतिक दल पनि पुरानो मन पराउँदैनन्। स्थानीय निर्वाचनमा बालेन शाहका पक्षमा खुलेर लागेका निश्चल अहिले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को पक्षमा खुलेका छन्।

बस्नेत रवि लामिछानेले नेतृत्व गरेको स्वतन्त्र पार्टीका उम्मेदवारका लागि भोट मागिरहेका छन्। स्थानीय निर्वाचनमा  स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका रवि यो निर्वाचनमा भने रविको पार्टीको क्याम्पेनर जस्तै देखिएका छन्। 

आस्थाले देश परिवर्तन नभएको भन्दै बस्नेतलले मतदातालाई मत परिवर्तन गर्न आग्रह गरेकाछन्। उनले फेसबुकमा भोट मागेका अधिकांश उम्मेदवार रवि लामिछानेको पार्टीका रहेका छन्। बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन्। 

निश्चल आफूलाई स्वतन्त्र नागरिक भन्छन्। कुनै पनि दलमा आवद्ध नरहेको बताउँने निश्चलको झुकाव भने राष्ट्रिय स्वतन्त्र पार्टीतिर देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार