गोरखा । गोरखा जिल्लाभरका पूर्वसुरक्षाकर्मीहरु संगठित भएका छन् । केहिदिनअघि गोरखा सदरमुकाममा नेपालसहित विश्वका बिभिन्न देशहरुमा सुरक्षाकर्ममा संलग्न भई अवकास प्राप्त पूर्वसुरक्षाकर्मीहरुको भेलाबाट पूर्वसुरक्षाकर्मी परिषद नेपाल गठन भएको हो ।
जसमा हरिकुमार थापाको नेतृत्वमा २५ सदस्यिय जिल्ला समिति गठन भएको छ । थापा अध्यक्ष रहेको परिषदको सहअध्यक्षमा कृष्ण प्रसाद रेग्मी छन् ।
परिषदको पाँच जना उपाध्यक्षमा रोलबहादुर थापा मगर, तारा कुमारी बस्नेत, कञ्चन कुमार श्रेष्ठ, चित्र बहादुर पुलामी र तारा बहादुर खड्का सर्वसम्मत चयन भएका छन् ।
संस्थाको सचिवको जिम्मेवारी बद्रि प्रसाद पोखरेलले पाएका छन् भने सहसचिवमा भरत बहादुर आले, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ र सहकोषाध्यक्षमा रामजी ढकाल चयन भएको परिषदले जानकारी दिएको छ ।
गोरखा जिल्लाको विकासमा योगदान दिन बिभिन्न साामजिक गतिविधी सञ्चालन गर्ने र पूर्व सुरक्षाकर्मी र तिनको परिवारहरुको हितमा काम गर्ने उदेश्य लिएर गठन भएको परिषदमा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, अनुसन्धान, भारतिय सेना, ब्रिटिस सेना, सिंगापुर सेना लगायत विश्वभर सुरक्षा कर्ममा संलग्न भई अवकास लिएका गोरखालीहरु सदस्य रहने सचिव बद्रि पोखरेलले जानकारी दिए ।
परिषदले छिट्टै गोरखा सदरमुकाममा सचिवालय समेत स्थापना गर्ने र आफ्ना गतिविधीलाई प्रभावकारी रुपमा अघि बढाउने तयारी गरेको उनले बताए । भेलाले १४ जनालाई कार्यसमिति सदस्यमा चयन गरेको जनाएको छ ।
जसमा ओम बहादुर आले, रामबाबु खत्री, जगदिश बस्नेत, लोकबहादुर परियार, कमल नारायण श्रेष्ठ, वेलबहादुर बस्नेत रहेका छन् ।
त्यस्तै लिला बहादुर पुलामी, गोविन्द गुरुङ, मोहनसिंह बस्नेत, शंकरबहादुर थापा, अनिल श्रेष्ठ, ज्ञान प्रसाद श्रेष्ठ, मैया पाण्डे र याजना थापा कार्यसमिति सदस्यमा चयन भएको बताइएको छ ।