• बुधबार, साउन १३ २०८३

गोरखा २ मा मेरा प्रतिस्पर्धी नै छैनन्: प्रचण्ड, गाडीबाट झरेर साेध्नुस् जनताले चिनाउँछन्: अब्दुस


शनिबार, कार्तिक १९ २०७९
1K
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताएका छन् ।

शुक्रबार चुनावी अभियान अन्तरगत मतदाता भेट्न गोरखा आएका बेला पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे क्षेत्रमा प्रतिस्पर्धी नभेटेकाे प्रतिकृया दिएका हुन् ।

‘गोरखा २ मा तपाईंकाे प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ ?’ सिभिलखबरकाे प्रश्नमा जवाफ दिदै प्रचण्डले भने ‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी भएजस्तो लागेकाे छैन। प्रतिस्पर्धी नै मैले पत्ता लगाउन सकिनँ,’ उनले थपे ‘प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।’

कात्तिक १२ र १३ मा गोरखामा ४४ र शुक्रबार ५ वटा सभा सम्बाेधन गर्न गोरखाका बिभिन्न स्थानमा पुगेका उनले कहि कतै प्रतिस्पर्धी नभेटेकाे तर्क गरेका थिए ।

उनले प्रतिस्पर्धा भन्दापनि अत्याधिक मत ल्याउने तर्फ आफ्नाे ध्यान र गठबन्धनकाे अभियान केन्द्रित रहेकाे बताएका छन् ।

गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकाेटी, राप्रपाबाट सुशील पन्त, नेपाली कांग्रेस बिपीबाट टीकादत्त पोखरेललगायत उम्मेदवार छन्।

गाडीबाट झरेर साेध्नुस् जनताले चिनाउँछन्: अब्दुस

शुक्रबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गोरखा २ मा आफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताएपछि एमालेबाट साेही क्षेत्रमा उम्मेदवार बनेका अब्दुस मियाँले शनिबार नै जवाफ फर्काएका छन् ।

चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले मंसिर ४ पछि मात्रै प्रचण्डले प्रतिस्पर्धी चिन्ने प्रतिकृया दिएका हुन् ।

‘गाउँका जो-कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ ।’ मियाँले भने ‘अहिले नै जान्ने मन भए माला फुकाएर, गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, हरेक मतदाताले चिनाउछन्,’ ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०/६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार