• बुधबार, साउन १३ २०८३

चुनावपछि प्रधानमन्त्री मै हाे भनेर घाेषणा गरेकाे छैन: प्रचण्ड


शुक्रबार, कार्तिक १८ २०७९
805
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफु नै प्रधानमन्त्री हाे भनेर कहि कतै घाेषणा नगरेकाे बताएका छन् ।

चुनावी अभियान अन्तरगत मतदाता भेटघाट कार्यक्रममा गोरखा आएका दाहालले पत्रकार सम्मेलन गर्दै यस्ताे बताएका हुन् ।

चुनावी अभियानका क्रममा बिभिन्न स्थानमा बाेलेकाे बिषयले अर्काे अर्थ लिएकाे भन्दै अध्यक्ष दाहालले चुनावपछि सम्भावित प्रधानमन्त्री हाे मात्रै भनेकाे बताएका हुन् ।

‘मैले काँहीपनि प्रधानमन्त्री हाे भनेर घाेषणा गरेकाे छैन, धेरै साथीहरुले उहाँपनि सम्भावित प्रधानमन्त्री हाे भनेर भनिरहनु भएकाे छ’ थप स्पष्ट पार्दै उनले थपे ‘सम्भावित त म हाेइन किन भन्ने र ? देशकाे नेतृत्व गर्ने अवसर र जिम्मेवारी आयाे भने त्यसबाट अलग हुने कुरा आउदैन नि ।’

पत्रकार सम्मेलनकै क्रममा उनले गोरखा २ मा आफ्नाे प्रतिस्प्रधी नै नभेटेकाे बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार