• बुधबार, साउन १३ २०८३

गोरखाबाट चुनावी अभियान सुरू गर्दै राप्रपा, लिङ्देन पालुङटार आउने


शुक्रबार, कार्तिक १८ २०७९
910
Shares

गाेरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखाको पालुङटारबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।

शनिबारदेखि सुरु गरिने चुनावी अभियानलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको क्षेत्र गोरखा २ बाट राप्रपाले चुनावी अभियान गर्न लागेको हो।

गोरखा २ मा राप्रपाबाट सुशील पन्त प्रतिनिधिसभातर्फ उम्मेदवार छन्।

लिङ्देन झापा ३ बाट नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभातर्फ राप्रपाबाट उम्मेदवार छन्। २०७४ को चुनाव पनि लिङ्देनले यही क्षेत्रबाट जितेका थिए।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार