गोरखा । केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
गोरखा नगरपालिका १४ याङ्काेटमा आयाेजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाए।
‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’ उनले भने ।
लाेकतान्त्रिक बाम गठबन्धनले ओलीले प्रतिगमन र अहंकार परास्त गर्न सफल भएको दाबी गरे।
लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको समेत उनले बताए।
चुनावी अभियान अन्तरगत गोरखा आएका प्रचण्ड सहित प्रदेश सभाका उम्मेदवार सुरेन्द्रराज पाण्डे र फणिन्द्र देवकाेटाले आज गोरखा नगरपालिकाकाे वडा नम्बर १४ देखि ६ सम्मका मतदातालाई भेट्ने कार्यक्रम छ ।