• बुधबार, साउन १३ २०८३

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडिओ)


बिहिबार, कार्तिक १७ २०७९
1.5K
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ।

आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी बुधबार ‘हाइ हाइ गगन दाइ’ बोलको गीत सार्वजनिक भएको हो। 

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ। 

गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ।

त्यसैगरी पहिलो अन्तरामा गगनले अहिलेसम्म गरेका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागि गरेका काम, स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र राष्ट्रियता समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको प्रोजेक्ट गभर्मेन्टको यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ। 

त्यसैगरी गीतमा देशलाई नयाँ जीवन दिनसक्ने पात्रको रूपमा चित्रण गर्दै यही चुनावी सत्रमा गगनलाई प्रधानमन्त्री बनाइनुपर्ने भाव व्यक्त गरिएको छ।

माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विशम आचार्यले गरेका हुन् ।

विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको  भिडियोमा गीतको शब्दअनुसारका फुटेजहरू राखिएका छन् । गीत ‘उमेश राउत’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

भिडिओ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार