• बुधबार, साउन १३ २०८३

गोरखामा गठबन्धन उम्मेदवारका विषयमा ८ निर्णय


बिहिबार, कार्तिक १७ २०७९
915
Shares

गोरखाबाट सत्ता गठबन्धनबाट प्रतिनिधित्व गर्ने प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका विषयमा ८ निर्णय भएको छ । निर्वाचनलाई लक्षित गर्दै बिहीबार माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा चार पार्टीका नेताहरू बसेर ८ निर्णय गरेका हुन् ।

बैठकले चुनावी गतिविधिलाई व्यवस्थित गर्दै परिणामुखी बनाउनेगरी लाग्ने निर्णय गरेको छ । अहिलेसम्मको चुनावी अभियानको समीक्षा गर्दै थप सुदृढ गराउने, वडा स्तरमा संयन्त्र परिचालन गर्ने, कोणसभा तथा मतदाता भेटघाटलाई व्यवस्थित बनाउने, युवा विद्यार्थीको भेला प्रशिक्षण चलाउने निर्णय गरेको छ ।

यस्तै सम्बन्धित क्षेत्रका उम्मेदवारसँग समन्वयमा आर्थिक परिचालन र व्यवस्थापन गर्ने, प्रचार, प्रसार सामग्री घरघर पुर्याएर अपिल गर्ने, फोटो सहितको मतदाता नामावली निर्वाचन  कार्यालयबाट लिएर वडा र मतदान केन्द्रमा पुर्याउने निर्णय भएको छ ।

गोरखा १ बाट कांग्रेसका राजेन्द्र बजगाई प्रतिनिधि सभा उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका कृष्णप्रसाद धिताल र  ‘ख’ बाट नन्दप्रसाद न्यौपाने उम्मेदवार छन् । यस्तै गोरखा २ बाट पुष्पकमल दाहाल‘ प्रचण्ड’ प्रतिनिधि सभा उम्मेदवार छन् भने प्रदेश सभा‘क’बाट नेपाल समाजवादीका फनिन्द्र देवकोटा र  ‘ख’बाट सुरेन्द्रराज पाण्डे उम्मेदवार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार