• बुधबार, साउन १३ २०८३

प्रचण्ड शुक्रबार गोरखा आउने


बुधबार, कार्तिक १६ २०७९
795
Shares

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार (कात्तिक १८ गते) गोरखा आउने भएका छन् ।

प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् । 

गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र आउन लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५/६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्नु हुनेछ’ मल्लले भने, ‘अरु गठबन्धनले बनाउने आमसभा र कार्यक्रममा कार्यतालिका बमोजिम जानु हुनेछ ।’

यद्यपि सत्ता गठबन्धनले दोस्रो चरणमा चुनावी आमसभा र कार्यक्रम कहाँ कहिले गर्ने भन्ने विषयमा सार्वजनिक गरेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार