• बुधबार, साउन १३ २०८३

गठबन्धनलाई जिताउनु हाम्रो पहिलो दायित्व: काँग्रेस नेता सिवाकोटी


बुधबार, कार्तिक १६ २०७९
1.6K
Shares

गोरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले वर्तमान समयमा गठबन्धन दलका उम्मेदवारलाई जिताउनु सबैैको दायित्व रहेको बताएका छन् ।

गोरखामा नेपाली काँग्रेसले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिवाकोटीले गठबन्धन दलका देशभरका उम्मेदवारलाई जिताउन कसैले कुनै कसर बाँकी राख्न नहुने बताएका हुन् ।

पछिल्लो समय टिकट नपाउदैमा पार्टीमा बिद्रोह गर्ने प्रवृत्ति बढेको प्रति आक्रोश ब्यक्त गर्दै उनले त्यस्ता पक्षलाई निरुत्साहित गर्न आह्वान समेत गरे ।

पछिल्लो गठबन्धन केपि ओलीको प्रतिगमन विरुद्धको मोर्चा भएको बताउदै काँग्रेसका केन्द्रिय सदस्य सिवाकोटीले आगामी मंसिर ४ मा हुने निर्वाचनपछि देश नयाँ ढंगबाट अघि बढ्ने र विकासको युगको सुरुवात हुने समेत बताए ।

गोरखा काँग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको समेत सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार