• शनिबार, साउन ९ २०८३

प्रेमको विज्ञानः ‘वासनाबाट सुरु हुन्छ प्रेम’


बुधबार, कार्तिक १६ २०७९
1.7K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

प्रेमको पहिलो अनुभूत संभवत जीवनकै सबैभन्दा रोमाञ्चक महसुष हुनसक्छ । जस्तो कि, फोनको घण्टी बज्छ ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

तपाईं यसकारण रोमाञ्चित हुनुहुन्छ कि पार्टनरले फोन गरेको होलान् । उनको आवाज सुन्दा तपाईंको मुटुको गति अरु बढ्न थाल्छ । उनलाई सम्झनसाथ तपाईंमा प्रेममय भावना पग्लन थाल्छ ।

प्रेम गर्ने कुराले आखिर तपाईंको शरीरमा किन यस किसिमको परिवर्तन ल्याउँछ ? कसरी तपाईंको शरीरमा प्रेमको रसायन पैदा हुन्छ ?

प्रेमको तीन प्रकार

फिशर र रेटगर्स युनिभर्सिटी अमेरिकाका वैज्ञानिक टिमले रोमान्टिक प्रेमलाई तीन श्रेणीमा वर्गीकृत गरेका छन् । एक, वासना, दुई आकर्षण, तीन लगाव । हरेक किसिमको प्रेमलाई भिन्न भिन्नै किसिमको हर्मोन्सले नियन्त्रण गर्छ । यसको अर्थ हो कि, भलै यी तीन भावना आपसी समन्वयका साथ काम गर्छ । यस्तो पनि हुनसक्छ कि व्यक्तिले यसमध्ये कुनै एक नै अनुभव गर्छन् । अर्थात लगाव, आकर्षण र वासनाको हाम्रो भावना अलग-अलग व्यक्तिका लागि हुनसक्छ ।

वासना, जसबाट सुरु हुन्छ प्रेम

वासना त्यही चिज हो, जो प्रेमको सुरुवातको लागि जिम्मेवार मानिन्छ । महिला र पुरुष सबैभन्दा पहिलो एकअर्कासँग शारीरिक रुपमा आकषिर्त हुन्छन् । अर्थात यौनले उनीहरुलाई एकअर्कासँग आकषिर्त गराउँछ । यो एक स्वभाविक प्रक्रिया हो ।

आपसी सहमतीमा र सुरक्षित ढंगले गरिने यौन आफैमा विकृति होइन । यसले प्रेम प्रकट गर्नका लागि पनि सहयोग गर्छ । वास्तवमा यौनले नै अस्तित्व रक्षा पनि गर्छ ।

सही पार्टनरसँग यौन सन्तुष्टिका लागि काम गर्ने यो भावना हाम्रो क्रमिक विकासका लागि पनि एकदम जरुरी छ । किनभने यसैबाट सन्तान उत्पादन संभव छ । वासनाका लागि सेक्स हर्मोन्स टेस्टेस्टेरान र अस्ट्रोजनको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । अहिले यी दुबै किसिमको हर्मोन्सलाई महिला र पुरुष हर्मोन्स भन्ने गरिन्छ । यद्यपि यी दुबै महिला र पुरुषलाई उत्तेजित गर्न एकदमै जरुरी हुन्छ । यौन मनोविद्का अनुसार ‘अस्ट्रोजन हर्मोन्सले नारीपरक गुण बढाउनमा सहयोग गर्छ त्यसैगरी टेस्टोस्टेरानले उनको अंगलाई उत्तेजित गर्नमा महत्वपूर्ण भूमिका खेल्छ ।’ विज्ञका अनुसार प्रेममा वासनायुक्त चरण पार्टनरसँग भेट भएपछि नै सक्रिय भइसक्छ । अतः यो अरु दुई बर्षसम्म कायम रहन्छ ।

वासनाको वसमा आएर यदि यौन सम्बन्ध बनाउँदै हुनुहुन्छ भने तपाईंको दिमागमा केही कुरा स्पष्ट हुनुपर्छ । तपाईंको दिमागले यी तीन कुरा ख्याल गरेपछि मात्र अगाडि बढ्नु उपयुक्त हुन्छ । तीन कुरा हो, अधिकार, जिम्मेवारी र सम्मान ।

तपाईंलाई आफुले रुचाएको पार्टनरसँग यौन सम्बन्ध बनाउन छुट होला । अर्थात त्यो तपाईंको अधिकार होला । यद्यपि यसका साथै तपाईं आफ्ना पार्टनरप्रति जिम्मेवार हुनुपर्छ । साथै एकअर्काप्रति सम्मान पनि गर्नुपर्छ ।

के हो वासनाको लक्षण ?

– कोही व्यक्तिप्रति सेक्शुअली उत्तेजित महसुष गरिन्छ ।

-तपाईंको लागि उनको आवरण अर्थात अनुहार, शरीरको बनौट नै महत्वपूर्ण हुन्छ ।

-तपाईंहरु एकअर्कासँग प्रेम गर्नुहुन्छ, तपाईंहरु मिल्ने साथी पनि हुनसक्नुहुन्छ ।

-तपाईंहरुको रुची केवल यौन सम्पर्कमा हुन्छ, कुराकानीमा होइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार