• बुधबार, साउन १३ २०८३

एमालेको घोषणा पत्र : महिनावारी हुने महिलालाई वार्षिक १५ सय भत्ता


मंगलबार, कार्तिक १५ २०७९
1.3K
Shares

महिनावारी उमेर समूहका महिलालाई वार्षिक १५ सय भत्ता दिने योजना एमालेले सार्वजनिक गरेको छ।  

‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने नीति अनुसार १५ सय भत्ता दिने बताएको हो। 

एमाले घोषणा पत्रमा सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदनिम्ति वार्षिक १ हजार ५ सय उपलब्ध गराइने बताइएको छ।  

प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गरिने समेत बताइएको छ।  

ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको व्यवस्था गरिने बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार