• शनिबार, साउन ९ २०८३

कोरानाबाट बच्न अपनाउनुस यी घरेलु उपाय


बुधबार, बैशाख १७ २०७७
2.1K
Shares

कोरोनाभाइरसले हाल विश्व आंतकित छ । 

यस पृष्ठभूमिमा यो रोगबाट बच्ने अहिलेसम्मको सबैभन्दा उत्तम उपाय नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै हो ।

यतिखेर भारतको आयुर्वेद (आयुष) मन्त्रालयले कोभिड–१९ का विरुद्ध शरीरको रोग प्रतिरोधी क्षमता (इम्युन सिस्टम) बढाउनेबारे केही जानकारीहरु प्रकाशमा ल्याएको छ ।

ती जानकारीहरु निम्नानुसार छन् ः

शरीरको प्रतिरक्षा प्रणाली अभिबृद्धि गर्न

दिनभरिमा प्रशस्त मात्रामा तातोपानी पिउने

कम्तिमा योगासन, प्राणयाम र ध्यान गर्ने ।

खानेकुरामा बेसार, जीरा, धनिया र लसुनको प्रयोग गर्ने ।

शरीरको प्रतिरक्षा प्रणाली बढाउन

बिहानको समयमा १० ग्राम च्यवनप्राश खाने

तुल्सी, दालचिनी, कालो मरिच, अदुवा र कालो किसमिसको चिया÷काँढा बनाएर दिनको दुई पटक पिउने । त्यसमा सख्खर वा कागती हालेर स्वाद बढाउन सकिन्छ ।

दूधमा बेसार हालेर दिनको एक वा दुई पटक खाने

कोभिड–१९ बाट बच्न गर्न सकिने बचावटका उपायहरु

सामान्य अवस्थामा

बिहान बेलुकाको समयमा नाकमा तीलको तेल वा नरिवलको तेल वा घीउ केही थोपा हाल्ने

१ चम्चा तील वा नरिवलको तेल मुखमा हालेर २, ३ मिनेट सम्म कुल्ला गर्ने, घाँटीमा गारगल गर्ने । त्यसपछि त्यसलाई थुकेर तातोपानीले कुल्ला गर्ने । यो क्रिया दिनको १ वा दुई पटक गर्ने

घाँटी दुखेको वा सुख्खा खोकी लागेको बेलामा

पदिना वा ज्वानो हालेर तातोपानीको वाफ लिने ।

मह वा चीनीमा ल्वाङको धुलो हालेर दिनको २, ३ पटक सेवन गर्ने ।

केही दिनमा खोकी निको भएन भने चिकित्सकको सल्लाह लिने ।

अन्य उपायहरु

कानका लागि

घरको खुल्ला भागमा बस्ने र बाहिर प्रकृतिको आवाजको मज्जा लिने ।

आफूलाई मनपर्ने गीतसंगीतहरु सुन्ने ।

पानी झरेको, चराहरु कराएको आवाजहरु सुन्ने र त्यसबाट आनन्द लिने

प्रेरणादायी कुराहरुको रेकर्ड सुन्ने

आँखाका लागि

राम्रो, मनपर्ने किताबहरु पढ्ने ।

आफूलाई मनपर्ने फिल्महरु हेर्ने ।

कुनै चित्र वा फोटोमा हेरेर मनमा त्यसबारेका सकारात्मक कुराहरु सोच्ने ।

नाकका लागि

सुगन्ध दिने तेलहरु बाल्ने

धूप बाल्ने र त्यसको बास्नामा रमाउने

हातका लागि

हातका कसरतहरु गर्ने ।

निचोर्ने बलहरु खेलाउने

सांगीतिक बाद्यबाजाहरु बजाउने ।

मुखका लागि

आवाज निकालेर गाउने ।

लामो सास लिने र फर्ने ।

चकलेट खाने

इम्युन सिस्टम बलियो बनाउने केही खानेकुराहरु

फलफूल

क्याप्सिकम

ब्रोकाउली

दलहन, गेडागुडी

अदुवा, लसुन

बेसार, जीरा, धनिया, दालचिनी, ज्वानो लगायतका मसलाहरु

काजु, किसमिस, ओखर, पिस्ता लगायतका ड्राइफ्रुटहरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार