• शनिबार, साउन ९ २०८३

नेकपा बैठक निष्कर्षबिहीन, २० गते फेरि बस्ने


बुधबार, बैशाख १७ २०७७
1.5K
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन सकिएकाे हो । 

अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सचिवालयको बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने र जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार