• बुधबार, साउन १३ २०८३

प्रचण्डका प्रतिस्पर्धी पोखरेलले मनाए १०० बर्षकाे जन्मदिन


सोमबार, कार्तिक १४ २०७९
735
Shares

????????????????????????????????????

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धी टीकादत्त पोखरेलले एक सयौ बर्षको जन्मदिन मनाएका छन् । पोखरेल आज सोमबार सयौं बर्षमा प्रवेश गरेका हुन् ।

२००४ सालमा नेपाली सेनाको जागिर छाडेर राणा शासनविरुद्धको आन्दोलनमा होमिएका उनि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि माओवादी केन्द्रका अध्यक्ष ६८ वर्षीय पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका २८ वर्षीय अब्दुस मियाँसँग प्रतिस्पर्धा गर्दै गरेका पोखरेलले आज सिरानचोक गाउँपालिका–४ छोप्राकको माझगाउँबेसीस्थित पुर्ख्यौली घरमा परिवारसहित आफन्त र छरछिमेक भेला गरेर जन्मदिन मनाएका हुन् ।

विसं. १९८० कात्तिक १४ गते जन्मिएका पोखरेल अझै पनि जनताले चाहेको जस्तो व्यवस्थामा राजनीतिक प्रणाली विकसित नभएको भन्दै उनी असन्तुष्टि पोख्छन ।

‘नेपाली जनताले न्याय पाएनन् । अन्यायमा परे । उनिहरुको हितका लागि मैले यो अवस्थामा पनि आँट गरे’ उम्मेदवार पोखरेलले भने ‘मैले देश र समाजको हितमा काम गरेको छु, यसमा कुनै शंका नगर्नु ।’

नेपाली काँग्रेस निकट रहेका पोखरेलले गठबन्धनप्रति समेत आक्रोश ब्यक्त गरे । जनतालाई भ¥याङ बनाएर स्वार्थका निम्ती पार्टीहरुले अपवित्र गठबन्धन गरेर उम्मेदवार उठएको भन्दै उनले असन्तुष्टि पोखे ।

‘जनता सधै नेताका भ¥याङ भइरहनु पर्ने ?’ उनले प्रश्न गरे ‘गोरखामा चुनाव लड्न आउनु प्रचण्डको कुनै अधिकार छैन ।’

हाल उनको परिवारमा एक जना भन्दा बढी सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार