• बुधबार, साउन १३ २०८३

६५ वर्षदेखि वृद्धभत्ता सभापतिको चाहना हो : स्वर्णिम वाग्ले


आइतबार, कार्तिक १३ २०७९
1.3K
Shares

नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताएका हुन् ।

‘यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो । यसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, केन्द्रीय समितिमा ८० प्रतिशतको समर्थन उहाँलाई छ । यहाँको प्रगाढ इच्छा थियो कि ६५ वर्षमा वृद्धभत्ता’ उनले भने ।

डा. वाग्लेले अगाडि भने, ‘७० बाट ६८ वर्ष पनि उहाँको कार्यकालमा सुरु भयो, ६५ वर्षसम्म क्रमशः ५ वर्षको कार्यकालमा पुर्‍याउनुपर्छ भन्ने इच्छा बमोजिम यो प्रतिबिम्बित भएको हो ।’

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता पाउने उमेर क्रमश ६५ वर्षमा झारिने उल्लेख छ । हाल ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार